उज्यालो नेपाल पार्टी पनि विभाजनको संघारमा, केही नेताहरू रास्वपामै बस्ने
कैलाली: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भंग भएपनि अहिले दुबै दलले आआफ्ना आकस्मिक बैठक बोलाइसकेका छन् ।
कुलमान आफू अध्यक्ष बन्ने तयारी गरिरहेका छन् । तर उज्यालोकै केही सदस्यहरू एकता कै पक्षमा उभिने संकेत गरेका छन् ।
‘पार्टी एकता भइसकेको छ । हामी एकताको पक्षमा छौँ अब उज्यालोमा फर्किदैनौँ’ एक केन्द्रीय सदस्यले भने, ‘हामी रास्वपामै रहन्छौं ।’ उज्यालो नेपालले ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाएको छ। स्रोतका अनुसार करिब २० जना एकताकै पक्षमा उभिएका छन् ।अहिले उनीहरु आन्तरिक छलफलमा छन् ।