धनगढीबाट एक महिला खैरो हेरोइनसहित पक्राउ
धनगढीः धनगढीबाट एक महिला खैरो हेरोइनसहित पक्राउ परेकी छन्।
धनगढी उपमहानगरपालिका३ बिशालनगर घर भई हाल धनगढी उपमहानगरपालिका८ बुद्धचोक स्थित भाडामा गणेश राईस मिल सञ्चालन गरी बस्ने २५ वर्षकी लक्ष्मी चौधरी पक्राउ परेकी हुन्। चौधरीलाई चेकजाँच गर्दा निजको साथबाट ९ ग्राम ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइन र लागूऔषध नापतौल गर्ने डिजिटल काँटा समेत फेला पारी उक्त पदार्थ र काँटासहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको छ।