सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा शिवपुरी सामुदायिक वन उपभोक्ता समूहको साधारणसभा सम्पन्न

२०८२ माघ ३, ०७:०९ खबर संवाददाता

धनगढी: धनगढीमा आज सम्पन्न शिवपुरी सामुदायिक वन उपभोक्ता समूहको साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध चयन गरेको छ। अधिवेशनले समूहको आगामी कार्ययोजना, व्यवस्थापन र संस्थागत सुदृढीकरण सम्बन्धमा छलफल गर्दै नेतृत्व चयन गरेको हो।

नवगठित समितिअनुसार अध्यक्षमा कृष्ण पनेरु, उपाध्यक्षमा धन बहादुर भण्डारी र मनोनित उपाध्यक्षमा लक्ष्मी बोहरा जिम्मेवारीमा चयन भएका छन्। सचिवमा माया चन्द, सह–सचिवमा दीपक सिंह तथा कोषाध्यक्षमा रेणु बिष्ट निर्विरोध भएका छन्।

त्यसैगरि सदस्यहरूमा सुरज सिवाकोटी, खेमा कुमारी भण्डारी, गणेश धामी, कमला चौधरी, धन बहादुर बिष्ट र कलावती बिष्ट चयन भएका छन्। सदस्यतर्फ मनोनितमा कविन्द्रराज अवस्थी रहेका छन्।

अधिवेशनले विभिन्न उपसमितिका सल्लाहकारका रूपमा लक्ष्मी भट्ट, जगन्नाथ ऐर, नरेश शाह, हरिचन्द्र पाली, द्रोपती भट्ट, खेमराज मिश्र, जनकराज अवस्थी, सीता भण्डारी, अशोकराज बोहरा र सिवी साउदलाई चयन गरेको छ।

साधारणसभाले सामुदायिक वनको दिगो संरक्षण, उपभोक्ताको हक हितको प्रवर्द्धन र स्थानीय विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस