बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु
बाजुराः बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। बाजुराको बडीमालिका नगरपालिका–१ पिनालेख बस्ने ४८ वर्षीय लालबहादुर कार्कीको सोमवार मृत्यु भएको हो।
कार्की घर नजिकै रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भिर घाईते भएका थिए। उपचारको लागि जिल्ला अस्पताल मार्तडी, बाजुरा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।