सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्लाही–४ को भवनिपुर मतदान केन्द्रमा सामान्य विवादपछि मतदान केहीबेर अवरुद्ध

२०८२ फाल्गुन २१, १२:१७ खबर संवाददाता

सर्लाही: सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत बसबरिया गाउँपालिका–३ भवनिपुरस्थित श्री जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको केही समयपछि सामान्य विवाद भएको छ। विवादका कारण केही समयका लागि मतदान प्रक्रिया अवरुद्ध भएको थियो।

तर, सुरक्षाकर्मी र निर्वाचन अधिकारीको पहलपछि स्थिति सामान्य बनेको छ। अहिले मतदान केन्द्रमा व्यवस्था मिलाएर मतदान प्रक्रिया पुनः सुचारु रूपमा सञ्चालन भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस