सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवन–३ मा रास्वपाकी सोविता गौतम विजयी

२०८२ फाल्गुन २३, ०३:२१ खबर संवाददाता

चितवनः चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्यधिक मतसहित विजयी भएकी छन्। उनले ५९ हजार २७७ मत प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन्।

गौतमको जितसँगै कांग्रेस–एमालेका उम्मेदवारले आवश्यक मत नपुग्दा जमानत जफत भएको बताइएको छ।

उनकी निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन्। गौतम र दाहालबीचको मतान्तर ३८ हजार ६६२ रहेको छ।

पराजयपछि रेनु दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सोविता गौतमलाई बधाई दिएकी छन्। उनले चितवनवासीको मन जित्न सफल भए पनि मत जित्न नसकेको उल्लेख गरेकी छन्।
 

कमेन्ट लोड गर्नुस