रौतहट–४ मा रास्वपाका गणेश पौडेल विजयी
चन्द्रपुर: रौतहट प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल विजयी भएका छन्।
निर्वाचन अधिकृत उद्धव ढोडारीका अनुसार अन्तिम मत परिणाम अनुसार पौडेलले ३६ हजार ८७६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमलसेनाले १५ हजार ८६५ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका रामकुमार भट्टराईले नौ हजार ७७८ मत पाएका छन् भने नेकपा (एमाले) का रामजी साहले तीन हजार ४७८ मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकुमार दासले एक हजार ६२ मत पाएका छन्।
यस निर्वाचन क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकामा ७३ हजार ३९७ मत खसेको थियो।