सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवन–१ मा रास्वपाका हरि ढकाल विजयी

२०८२ फाल्गुन २३, ०९:४३ रासस

चितवन: चितवन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार हरि ढकाल विजयी भएका छन्। उनले ५८ हजार २०८ मतसहित जीत हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा ९एमाले० का दावादोर्जे लामाले १० हजार ८९९ मत पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का कृष्ण पन्तले ४ हजार ८१ मत प्राप्त गरेका छन्।

ढकाल यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। यस क्षेत्रमा एक लाख ४९ हजार ६४१ मतदाता रहेकोमा ९६ हजार १५४ मत खसेको थियो।

कमेन्ट लोड गर्नुस