वदलिदो खानपान र जीवनशैलीका कारण वर्षेनी उच्च रक्तचापका बिरामीको संख्यामा वृद्धि
वदलिदो खानपान र जीवनशैलीका कारण वर्षेनी उच्च रक्तचापका बिरामीको संख्यामा वृद्धि हुँदै गएको छ। असन्तुलित खाना शारिरीक व्यायामको अभाव र तनावका कारण धेरै मानिसहरु उच्च रक्तचापको समस्याले ग्रसित वन्दै गएका छन। यो समस्या भएर स्वास्थ्य संस्थामा उपचारका लागि आउनेको संख्या पनि वर्षेनी वढिरहेको छ । २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले गरेको सर्वेक्षणमा उच्च रक्तचाप भएकाहरुको संख्या २५ प्रतिशत रहेको थियो ।
हाल आएर यो संख्या बढेर ७० प्रतिशत पुगेको अनुमान गरिएको छ । वढ्दो व्यस्तताले स्वास्थ्यलाई ध्यान दिन नसकेका कारण र फेरिएको जीवनशैलीले उच्च रक्तचाप भएका विरामीहरुको संख्या वढिरहेको सेती अञ्चलमा कार्यरत डाक्टर निराजन दत्त शर्माले बताए। खानामा नुनको मात्रा बढी, शरिरमा सोडियम नामक मिनिरल आवश्यकता भन्दा धेरै भएमा उच्च रक्तचापको समस्या देखिने गरेको छ। चिल्लो बोसोयुक्त, मिसावट गरिएको र रगं मिलाईएका खानाहरु खाँदा तथा धुम्रपान र मद्यपान गने वानीले यो समस्या बिकराल रुपमा बढाईरहेको छ।
शारिरिक व्यायामको अभाव, बिभिन्न किसिमका तनाब र अहिलेको निष्कृय जिवनशैलीका कारण यो समस्या झनझन बढ्दै गैरहेको छ । उच्च रक्तचापको समस्याले विभिन्न किसिमका मानसिक र शारिरिक समस्या पनि हुने गर्दछ । यो समस्या भएका बिरामीहरुले बेलैमा उपचार नगरे मुटुरोग, हृदयघात प्यारालाइसिस लगायतका दिर्घकालीन रोग समेत निम्त्याउने गरेको चिकित्सकहरु वताउँछन । यस्ता समस्याबाट बच्न दैनिक शारिरिक ब्यायाम गर्नुका साथै खानपान र जीवन शैली सुधानुपर्ने सेती अञ्चलमा कार्यरत डाक्टर निराजन दत्त शर्माले बताए।