समानुपातिक मतगणना: रास्वपाले कटायो ४० लाख मत
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ। निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ८२ लाख ९९ हजार ६५० मत गणना गरिएको हो।
परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ४० लाख ६ हजार ६९४ मतसहित अग्रस्थानमा छ। यो कूल सदरमतको ४८.२८ प्रतिशत हो। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.२५ प्रतिशत मत प्राप्त गरेको छ। पार्टीले १३ लाख ४८ हजार ७९९ मत पाएको छ।
तेस्रो स्थानमा रहेको नेकपा एमालेको ११ लाख ४२ हजार ३८१ मत छ जुन १३.७६ प्रतिशत हो। चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ७.०८ प्रतिशत मत पाएको छ जसअनुसार पार्टीको ५ लाख ८७ हजार २३० मत छ।
श्रम संस्कृति पार्टीले ३.४९ प्रतिशत मत पाएको छ । पार्टीको २ लाख ८९ हजार ९६१ मत छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७४ हजार ९९१ मत पाएको छ। यो कूल सदर मतको ३.३१ प्रतिशत हो।