अछाम–२ मा एमालेका यज्ञबहादुर बोगटी विजयी
काठमाडौंः अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञबहादुर बोगटी विजयी भएका छन्। उनले ९ हजार ५१८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरेका छन्। बोगटीले शाहलाई ४७२ मतान्तरले पराजित गरेका हुन्।
यसै निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टीका बलबहादुर कुँवरले ६ हजार ४९३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका भुपदेव शाहले ४ हजार ५६२ मत पाएका छन्।