सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा १२ पूर्वमन्त्री चुनावमा पराजित

२०८२ फाल्गुन २५, ०१:४६ खबर संवाददाता

धनगढी: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट प्रतिस्पर्धा गरेका १२ पूर्वमन्त्री पराजित भएका छन्। विभिन्न राजनीतिक दलले उम्मेदवार बनाएका पूर्वमन्त्रीहरूलाई यसपटक मतदाताले अस्वीकार गरेका हुन्।

अछाम–१ मा नेकपाका डा. भीमबहादुर रावल नेपाली कांग्रेसका भरतकुमार स्वारसँग ५२६ मतले पराजित भए। डोटीमा पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट चौथो स्थानमा सीमित हुँदा कांग्रेसका भरतबहादुर खड्का विजयी भए।

कैलाली–५ मा पूर्वमन्त्री प्रेमबहादुर आले रास्वपाका आनन्दबहादुर चन्दसँग पराजित भए भने कञ्चनपुर–१ मा पूर्वमन्त्री बिना मगरलाई रास्वपाका जनकसिंह धामीले हराए। बाजुरामा पूर्वमन्त्री प्रकाशबहादुर शाह, कञ्चनपुर–३ मा मानबहादुर सुनार तथा कैलाली–४ मा एमालेका लेखराज भट्ट पनि पराजित भए।

त्यस्तै बैतडीमा दामोदर भण्डारी, कैलाली–३ मा गौरीशंकर चौधरी, कञ्चनपुर–१ मा तारा लामा तामाङ, कञ्चनपुर–२ मा नारायणप्रकाश साउद र कैलाली–१ मा जनकराज चौधरी पनि चुनाव हार्न पुगे।

यद्यपि सुदूरपश्चिमबाट दुई पूर्वमन्त्री भने विजयी भएका छन्। दार्चुलाबाट एमालेका गणेशबहादुर ठगुन्ना र बाजुराबाट कांग्रेसका जनकराज गिरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
 

कमेन्ट लोड गर्नुस