सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक महता सर्वसम्मत चयन

२०८२ फाल्गुन २९, १२:३१ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन भएको छ। दीपक महता सर्वसम्मत रूपमा संघको अध्यक्षमा चयन भएका छन्।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा लालमणि पन्त, वाणिज्य उपाध्यक्षमा दिनेशप्रसाद पनेरु र उद्योग उपाध्यक्षमा वासुदेव जोशी चयन भएका छन्। महासचिवमा मीनाकुमारी फुलारा, वाणिज्य सचिवमा धनबहादुर ठकुराठी, उद्योग सचिवमा नेत्रप्रसाद अवस्थी, महिला सचिवमा कमलाकुमारी जैसी र कोषाध्यक्षमा सीताराम पाण्डेय चयन भएका छन्।

सदस्यतर्फ हरिप्रसाद उप्रेती, सुभाषचन्द्र भट्ट, शैलेन्द्र भट्ट, विकास पन्त, वसन्तराज पाण्डेय, जगदीशसिंह रावल र सिद्धराज भट्ट चयन भएका छन्। महिला सदस्यमा पुनम नगरकोटी र सिर्जना जोशी, दलित सदस्यमा शेरबहादुर सुनार र सुरेन्द्रबहादुर सार्की निर्विरोध निर्वाचित भएका छन्।


 

कमेन्ट लोड गर्नुस