केपी शर्मा ओलीलाई पितृशोक, पिता मोहनप्रसाद ओलीको निधन
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओली ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएका हुन्।
केही समयदेखि अस्वस्थ रहेका मोहनप्रसाद ओली उपचारका क्रममा अस्पतालमा थिए। उनको पार्थिव शरीर भक्तपुरस्थित ओली निवास गुण्डुमा लगिनेछ र त्यसपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम तय गरिएको छ। दिवंगतका दुई छोरा र तीन छोरी छन्।