डडेल्धुरामा महाकाली नदीमा डुबेर १२ वर्षीय बालकको मृत्यु
डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका–६ भोरकुण्डास्थित महाकाली नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।
स्थानीय धनबहादुर धामीका १२ वर्षीय छोरा योगेश धामी शनिबार दिउँसो साथीहरूसँग नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ४–५ जना साथीहरूसँग नदीमा पौडी खेलिरहेका बेला अचानक डुबेको बताइएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।