सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम खेलकुद र युवा परिषद्मा ११ सदस्य नियुक्त

२०८२ चैत्र ४, ०७:२८ खबर संवाददाता

कैलालीः सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका प्रदेश खेलकुद परिषद् र प्रदेश युवा परिषद्मा सदस्य नियुक्त गरेको छ। 

मन्त्रालयका सचिव डा हेमराज रेग्मीले खेलकुद परिषद्मा आठ र प्रदेश युवा परिषद्मा तीन गरी ११ जना सदस्यलाई आज नियुक्त गरिएको जानकारी दिए। मन्त्रालयले खेलकुद परिषद् सदस्यमा गौरी हमाल डडेल्धुरा, चेतमान विक्रम शाह अछाम, श्यामसिंह सिनाल दार्चुला, प्रमोद मल्ल कैलाली, रुपेन्द्रबहादुर धामी डोटी, निताकुमारी खत्री अछाम, दिपजङ्ग शाही कैलाली र नवीनबहादुर सिंह बझाङलाई नियुक्त गरेको उनले बताए। 

यसैगरी युवा परिषद्मा नरेन्द्रप्रसाद जैसी कैलाली, तुलबहादुर साउद अछाम र सङ्गीता केसी कुँवर अछामलाई नियुक्त गरिएको छ। यसअघि प्रदेश सरकारले युवा परिषद्को उपाध्यक्षमा गजेन्द्र साउद र खेलकुद परिषद्को सदस्य सचिवमा लोकबहादुर खड्कालाई नियुक्त गरिसकेको छ। 

कमेन्ट लोड गर्नुस