सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंमा बस्दै आएका २२ वर्षीय युवक निराजन पाण्डेय हराएका

२०८२ चैत्र ४, ०१:३७ खबर संवाददाता

काठमाडौं: कञ्चनपुरको बेदकोट–७, सुडाका २२ वर्षीय निराजन पाण्डेय काठमाडौंबाट हराएको खबर सार्वजनिक भएको छ।

परिवारका अनुसार पाण्डेय २०८२ साल फागुन ३० गते बिहान कलेज जान्छु भन्दै बस्दै आएको कोठाबाट निस्किएका थिए। त्यसपछि उनी हालसम्म सम्पर्कमा नआएको बताइएको छ।

हाल काठमाडौंमा बसोबास गर्दै आएका पाण्डेय हराएपछि परिवारले खोजीकार्य तीव्र पारेको छ। तर हालसम्म उनको कुनै अत्तोपत्तो लाग्न सकेको छैन।

उनीलाई कसैले देखेमा वा कुनै जानकारी भएमा कृपया 9868874880, 9865655871 वा 9865630289 नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ।

परिवारले सबैलाई उक्त सूचना सेयर गरी सहयोग गरिदिन समेत आग्रह गरेको छ।

कमेन्ट लोड गर्नुस