दार्चुलामा ७ जना जुवाडे नगदसहित पक्राउ
२०८२ चैत्र १०, ०७:३५
दार्चुलाः दार्चुलामा ७ जना जुवाडे नगदसहित पक्राउ परेका छन्।
जिल्लाको महाकाली नगरपालिका–४ तल्लासैन स्थित सोही ठाउँ वस्ने ५२ वर्षीय मोहन सिह बिष्टले संचालन गरेको अपि रेस्टुरेन्टमा जुवातास खेलिरहेको निज मोहन सिंह बिष्टसहित ७ जनालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार २०५ र २ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस