आगजनीपछि क्षतिग्रस्त देउवाको बूढानीलकण्ठस्थित घर भत्काइँदै
२०८२ चैत्र १०, ०२:२८
काठमाडौं: गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षतिग्रस्त पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घर भत्काउन थालिएको छ।
आगजनीका कारण घर पूर्ण रूपमा क्षति पुगेपछि पुनर्निर्माणका लागि पुरानो संरचना हटाउने काम सुरु गरिएको हो।
कमेन्ट लोड गर्नुस