बालयौन दुर्वव्यावहार मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ
२०८२ चैत्र ११, ०८:३४
डडेल्धुराः बालयौन दुर्वव्यावहार मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत डडेल्धुराको फैसलाले बालयौन दुर्वव्यावहार मुद्दामा १३ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–४ चुल्ल बस्ने २२ वर्षीय केशव भट्ट पक्राउ परेका हुन्। भट्टलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस