कैलालीको एक युवक लागूऔषधसहित पक्राउ
२०८२ चैत्र १२, ०८:२२
धनगढीः कैलालीको एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमाराबाट १८० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २४ वर्षीय गणेश विक पक्राउ परेका हुन्। विकलाई बुधवार साँझ इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस