सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको शैल्यशिखर-४ काँडापारीमा जिप दुर्घटना

२०८२ चैत्र १७, १०:४९ खबर संवाददाता

दार्चुलाः दार्चुलामा सडक दुर्घटना भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर। ४ काडापारिमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीका अनुसार ६ जना सवार सिँचाई कार्यालय दार्चुलामा कार्यरत कर्मचारी चढेको जिप दुर्घटनामा परेको हो। दुर्घटनाका कारण दुई जनाको घटनास्थलमै मृत्यु भएको तथा अन्य घाईते भएका छन्। बिहान करिब ९ बजे आसपासमा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुला र ईलाका प्रहरी कार्यालयको टोली घटनास्थतर्फ गइरहेको बताइएको छ।

घटनाबारे विस्तृत विवरण आएको छैन। 
 

कमेन्ट लोड गर्नुस