रास्वपा पहिलो दल बन्नुमा विभिन्न शक्तिको भूमिकाः रामबहादुर थापा
काठमाडौँः नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बन्नुमा विभिन्न पक्षहरूको भूमिका रहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले उक्त परिणामका पछाडि नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार तथा बारबरा फाउन्डेसन जस्ता पक्षहरूको संलग्नता रहेको दाबी गरे।
उनका अनुसार निर्वाचनको नतिजा स्वाभाविक मात्र नभई विभिन्न प्रभाव र समर्थनका कारण आएको हो भन्ने संकेत उनले गरेका छन्।