सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्री सुदन गुरुङको सन्देश: 'जनताभन्दा माथि सरकार हुँदैन'

२०८२ चैत्र २०, १०:४८ खबर संवाददाता

काठमाडौँः गृहमन्त्री सुदन गुरुङले निर्माताभन्दा ठूलो निर्माण नहुने र जनताभन्दा माथि सरकार नहुने बताएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो सोफामा आराम गरिरहेको तस्बिर सार्वजनिक गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। फेसबुकमा उनले लेखेका छन्, 'निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।'

गृह मन्त्रालयका अनुसार उक्त तस्बिर मन्त्रालयमै आराम गरिरहेको अवस्थाको हो। गुरुङले गृहमन्त्रीमा नियुक्त भएयता निरन्तर सक्रियता देखाउँदै आएका छन्।

उनी राति अबेरसम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, प्रहरी प्रधानकार्यालय लगायत संवेदनशील सुरक्षा निकायहरूको अनुगमन तथा निरीक्षणमा खटिँदै आएका छन्।

कमेन्ट लोड गर्नुस