सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा आगलागीबाट ६६ रोपनी जग्गाको कागती नष्ट

२०८२ चैत्र २१, ०२:४१ खबर संवाददाता

धनगढीः डोटीमा एक कागती बारीमा आगो लगाइएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर २ खरहरमा रहेको करन साउँदको कागती बारीमा आगो लगाइएको हो।

साउँद कृषि पशुपक्षी तथा मत्स्य पालन फार्ममा शुक्रवार आगो लगाइएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार ६६ रोपनी जग्गामा लगाइएको छ सय कागतीका बिरुवाहरू आगोले नष्ट भएका छन। २०७७ सालमा स्थापना गरिएको फर्ममा लगाइएका फल्न तयार भएका कागतीहरू आगोले नष्ट भएका हुन्।

सुन कागती–१ र सुन कागती–२ जनतका बिरुवा रोपेका साउँदले बताए। उनले बारीमा आगो लगाउनेहरूका विरुद्धमा प्रहरीमा निवेदन दिएका छन्।

कमेन्ट लोड गर्नुस