सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको गौमुलमा सुख्खा पहिरोले रौदीगाड लघुजलविद्युत आयोजनाको पावर हाउसमा क्षति

२०८२ चैत्र २२, ०५:२८ खबर संवाददाता

बाजुराः आइतबार बिहान बाजुराको गौमुल–३ मा आएको सुख्खा पहिरोले रौदीगाड लघुजलविद्युत आयोजनाको पावर हाउस पूर्णरूपमा क्षति पुर्याएको छ।

बिहान ६ः३० बजे पावर हाउसको माथिबाट आएको पहिरोले पावर हाउस र भित्र रहेका जेनेरेटर, एल्टिभोल्ड लगायतका सबै उपकरण पूर्णरूपमा नष्ट गरेको रौदीगाड लघुजलविद्युत आयोजनाका अध्यक्ष लालबहादुर रोकायाले जानकारी दिए। उनका अनुसार पानी नपरेकै बेलामा पनि सुख्खा पहिरोले पावर हाउस पूर्णरूपमा क्षति पुरÞ्याएको छ। यसले आयोजनाबाट लाभान्वित झण्डै तीन सय घरधुरी फेरि अन्धकारमा परेका छन्। 

यो आयोजना वैकल्पिक उर्जा प्रद्दन केन्द्रको आर्थिक सहयोगमा २०७७ सालदेखि निर्माण सुरु गरी २०७८ चैत २५ गते सम्पन्न भएको थियो।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार, सुख्खा पहिरोले पावर हाउस पूर्णरूपमा क्षति पुर्याएको भए पनि मानवीय क्षति भने भएको छैन। क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ। 
 

कमेन्ट लोड गर्नुस