सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको घोडाघोडीमा बन्द राजमार्ग खुल्यो

२०८२ चैत्र २५, ०३:०१ खबर संवाददाता

धनगढीः कैलालीको घोडाघोडी-८ आमखैयास्थित बन्द महेन्द्र राजमार्ग खुलेको छ। स्थानीयले बिहान १० बजेदेखि राजमार्ग बन्द गराएका थिए। चैत २२ गते राति स्कुटर सडक दुर्घटनामा मृत्यु भएका स्थानीय रोशन चौधरीको परिवारले क्षतिपूर्ति नपाएको भन्दै स्थानीयले राजमार्ग बन्द गरेका हुन्।

कैलालीको गौरीगंगा नगरपालिका–१ मंगलपुरको गौरीगंगा पुल स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ५९२९ नम्बरको स्कुटर आईतवार राति दुर्घटना हुँदा २३ वर्षीय चौधरीको मृत्यु भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाएका चौधरिको परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने भन्दै स्थानीयले राजमार्ग बन्द गरेका थिए। कानुनअनुसार क्षतिपूर्ति दिने सहमति भएपछि भर्खरै राजमार्ग सुचारु भएको कैलाली प्रहरीले जनाएइको छ।

 

कमेन्ट लोड गर्नुस