बझाङको सेती नदी किनारामा एक पुरुष मृत फेला
२०८२ चैत्र २६, ०७:३६
बझाङः बझाङको सेती नदि किनारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको केदारस्यू गाउँपालिका–९ स्थित सेती नदीको किनारामा थलारा गाउँपालिका–५ बस्ने ५७ वर्षीय लालबहादुर सिंह बुधवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
कमेन्ट लोड गर्नुस