धनगढीमा कक्षा ८ को परीक्षामा सामुदायिकतर्फ बेहडाबाबा माद्यमिक विद्यालय उत्कृष्ट
धनगढीः धनगढी उपमहानगरपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षमा सामुदायिक विद्यालयतर्फ धनगढी-१६ को बेहडाबाबा माध्यमिक विद्यालय उत्कृष्ट भएको छ। शुक्रवार सार्वजनिक भएको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा बेहडाबाबा माविका ४८ जना परीक्षार्थी मध्ये ४२ जना उत्तीर्ण भएका छन्। जुन कुल परीक्षार्थीको ८७.५० प्रतिशत हो।
२०७९ को वार्षिक परीक्षमा जम्मा १२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बेहडाबाबा माध्यमिक विद्यालयले त्यसयता भने हरेक वर्ष नतिजमा सुधार गरेको प्रधानाध्यापक भोजराज शर्माले बताए। २०८० को वार्षिक परीक्षामा ६४.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा २०८१ मा ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। २०८३ मा भने ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य राखेको प्रधानाध्यापक शर्माले बताए। '२०७९ मा हाम्रो विद्यालयबाट जम्मा १२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए, त्यसपछि हरेक वर्ष नतिजा सुधार हुँदै आएको छ,' उनले भने, '२०८३ को वार्षिक परीक्षामा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गारउने लक्ष्य राखेका छौँ।'
२०७९ मा धनगढी उपमहानगरपालिकाले कक्षा ८ को परीक्षा मार्यादित बनाउने प्रयास गरेको थियो। उपमहानगरपालिकाले प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षणलाई व्यवस्थित बनाएपछि उक्त वर्ष धनगढीका केही विद्यालयको नतिजा शून्य आएको थियो भने सामुदयिक विद्यालयमा केवल ९ प्रतिश विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए। त्यसपछिका वर्षहरुमा भने सामुदायिक विद्यालयको पठनपाठनमा सुधार हुँदै नतिजामा पनि वृद्धी भएको धनगढी उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखाले जनाएको छ। यो वर्ष सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत ५० दशमल ०६ प्रतिशत पुगेका छ।
बेहडाबाबा माध्यमिक विद्यालयले बैशाखदेखि नै अभिभाव र विद्यार्थीहरूसँग परामर्श गर्ने, नियमित रुपमा अभिभावक भेला गर्ने र विद्यार्थीहरूको आवश्यकता पहिचान गरेर पठनपाठन गर्दै आएकाले नतिजामा सुधार हुँदै आएको प्रधानाध्यापक शर्माले बताए। उनले उपमहानगरपालिकाले गर्ने सुपरीवेक्षण र मार्गदशर्नसँगै शिक्षक, विद्यार्थी र अभिभावकहरूको सकारात्मक प्रयासले गर्दा नतिजा राम्रो आउन थालेको बताए।
'हामीले बैशाखमा नै अभिभावक भेला बोलाउने र परामर्श गर्दै आएका छौँ, वर्षभरि विभिन्न समयमा अभिभावक भेला राख्ने गरेका छौँ। अभिभावसँगको नियमित परामर्श, कमजोर विद्यार्थीको पहिचान गरेर अतिरिक्त भाषिक सिप विकास कक्षा चलाउने गरेका छौँ,' प्रधानाध्यापक शर्माले भने, 'अङ्ग्रेजी, नेपाली र गणित विषयमा भाषिक सुधार र अतिरिक्त कक्षा सञ्चालन गर्ने गरेका छौँ, माघदेखि छात्रावासमै बसालेर परीक्षाको तयारी गराउने भएकाले पनि नतिजामा सुधार आएको हो।'
बेहडाबाबा माध्यमिक विद्यालयले हरेक शनिवार कुनै न कुनै विषयको परीक्षा गर्ने र नतिजाको कक्षाकोठामा समीक्षा गर्ने गरेको प्रधानाध्यापक शर्माले बताए। अभिभावकसँग प्रत्यक्ष सम्पर्कमा रहने, विद्यार्थीको सिकाइमा सुधार ल्याउन शिक्षक र अभिभावकले मिलेर प्रयास गर्नुको नतिजा परीक्षमाफलमा देखिएको उनले बताएर