सुदूरपश्चिममा बालअधिकार प्रवद्र्धनका लागि प्रदेशस्तरीय समिति गठन
धनगढीः सुदूरपश्चिम प्रदेशमा बालबालिकाको अधिकार सुनिश्चित गर्न तथा नीतिगत तहमा प्रभावकारी कार्यान्वयनका लागि प्रदेशस्तरीय समिति गठन गरिएको छ।
बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै प्रदेश र स्थानीय तहका नीति, कानुन, योजना, कार्यक्रम तथा सेवा प्रवाहमा बालअधिकारको दृष्टिकोण समावेश गराउने उद्देश्यसहित समिति गठन गरिएको जनाइएको छ।
समितिमा हेमन्त जोशी (सिडिसी) डोटी, पवन भण्डारी, सेवक नेपाल कैलाली, राधिकादेवी डि.सी. (डब्लुएसिटी) कैलाली, श्रवण देउवा (नेपाल पत्रकार महासंघ कैलाली) बाबुराम रोकाया (आइडिएस) डडेल्धुरा, धर्मबहादुर रोकाया (पिसविईन नेपाल) बाजुरा, सुरतबहादुर खड्का (वाक नेपाल) अछाम, मानबहादुर ऐर (बिसिडिओ) बैतडी, दिनेश रोकाया (सहारा नेपाल) बझाङ, उदय बोहरा (सिआरसिएस नेपाल) दार्चुला, भावना जोशी (एनएनएसडब्लुए) कञ्चनपुर र देव सेराला (डब्लुडिएफ) बाजुरा चयन भएका छन्।
समितिले विशेष संरक्षणको आवश्यकता भएका तथा समग्र बालबालिकाको अवस्था अध्ययन गरी उनीहरूको अधिकार सुनिश्चित गर्न आवश्यक पैरवी र संयुक्त कार्यक्रम सञ्चालन गर्नेछ। साथै, बालअधिकार हननका घटनाहरूको अनुगमन गरी तथ्यमा आधारित नीतिगत बहस, संवाद तथा सिफारिस कार्यान्वयनमा जोड दिने जनाएको छ।