सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका २ जना लागुऔषधसहित पक्राउ

२०८२ चैत्र २९, ०७:२० खबर संवाददाता

धनगढीः कैलालीका २ जना लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–४ शिवपुरीबाट अवैध लागूऔषध ब्राउनसुगर ६४० मिलिग्रामसहित कैलारी गाउँपालिका–५ बस्ने २५ वर्षीय संजय चौधरीलाई शनिवार बेलुका प्रहरीले पक्राउ गरेको हो। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–४ बाट ब्राउनसुगर ३६० मिलिग्रामसहित कैलारी गाउँपालिका–३ बस्ने ४२ वर्षीय श्यामबहादुर चौधरी पक्राउ परेका हुन्। उनलाई शनिबार बेलुका वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस