सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालय सम्मानित

२०८२ चैत्र ३०, ०२:२२ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपचालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने निजी विद्यालयलाई सम्मान गरेको छ। उपमहानगरपालिकाले लिएको आधारभूत तहको परीक्षामा उत्कृष्ट नतिजा हात पार्ने २९ वटा निजी विद्यालय सम्मानित भएका हुन्।

सोमवार आयोजित कार्यक्रममा ९० देखि सतप्रतिशत नतिजा हासिल गर्न सफल विद्यालयमा सञ्चालक तथा प्रधानाध्यपकलाई सम्मान गरिएको हो। नगर प्रमुख गोपाल हमालको उपस्थितिका  उपप्रमुख कन्दकला कुमारी राना, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट र उपसचिव नरेन्द्रबहादुर खातीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

शैक्षिकसत्र २०८२ को कक्षा ८ को परीक्षामा १५ निजी विद्यालयले सतप्रतिशत नतिजा हासिल गरेर सम्मानित भएका हुन्। यस्तै १५ विद्यालयले ९१ प्रतिशतभन्दा बढी विद्यार्थी पास गराएको भन्दै सम्मानित भएका हुन्।

सतप्रतिश नतिजा हासिल गर्दै सम्मानित हुनेमा एलजी एकेडेमी, बाल्मिकि इन्टरनेश्नल स्कुल, स्वर्णिम शिक्षा सदन, सिद्धार्थ विद्या मन्दिर, मयूर स्कुल, गुरुकुल एकेडेमी, जेसिज एभरेस्ट स्कुल, ग्लोबल मोडर्न पब्लिक स्कुल, पञ्चकोटी विद्या निकेतन, नन्दिनाज एकेडेकी, अपि विद्या निकेतन, गोल्डेन ज्योति स्कुल, केदारनाथ विद्या निकेतन, सिद्धार्थ इन्टरनेश्नल र दरबार स्कुल रहेका छन्।

यस्तै ९९ दशमलव ०५ प्रतिशत नतिजा हासिल गरेको ग्यालेक्सी स्कुल, ९७ दशमलव ४४ प्रतिशत विद्यार्थी सफल भएको डिलाइट स्कुल, ९७ दशमलव ४४ प्रतिशत विद्यार्थी सफल भएको मिलन स्कुल र ९६ दशमलव ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको वेस्टर्न क्रिस्टल एकेडेमीलाई पनि उपमहानगरपालिकाले सम्मानित गरेको हो।

यसैगरी, स्टेपिङ स्टोन स्कुलले ९५ दशमलव ८३ प्रतिशत, क्रिसेन्ट सिटी स्कुलले ९५ दशमलव ७४ प्रतिशत, ऐश्वर्य विद्या निकेतनले ९५ दशमलव ५६ प्रतिशत, डिस्कवरी स्कुलले ९४ दशमलव ७४ प्रतिशत, दुन एकेडेमीले ९४ दशमलव ४४ प्रतिशत, एलायन्स स्कुलले ९३ दशमलव ७५ प्रतिशत, सिटी स्कुलले ९३ दशमलव ५५ प्रतिशत कैलाली मोडेल स्कुलले ९२ दशमलव १६ प्रतिशत, नेपाल प्रहरी स्कुलले ९२ प्रतिशत तथा थ्री स्टार्स स्कुलले ९१ दशमलव ९२ प्रतिशत विद्यार्थी पहिलो चरणकै परीक्षामा सफल गराएर सम्मानित भएका हुन्।

उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयलाई नगर प्रमुख गोपाल हमालले शुभकामना दिँदै थप प्रगतिका लागि हौसला बढाउन सम्मान गरिएको बताए। उनले निजि विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न संस्थागत विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताए।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस