यस्तो छ २०८३ सालको वार्षिक भाग्यफल
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
मेष राशि भएका व्यक्तिहरूका लागि २०८३ साल मिश्रित फलदायी वर्ष रहनेछ । वर्षभरि नै शनिको आद्य साढेसाती दशाको प्रभावले विभिन्न समस्याहरू आइपर्ने, झुटा आरोप लाग्ने, समयमा काम सम्पन्न नहुने तथा शरीर कमजोर हुने समस्या देखा पर्नेछन् । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । विगतमा गरेका गल्तीको सजाय भोग्नुपर्ने हुन सक्छ । राज्यको नजिक भई काम गर्नेहरूका लागि आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ । आर्थिक क्रियाकलापमा मन्दी आउने र ऋण बढ्नेछ । जन्म कुण्डलीमा शनि स्वगृह, उच्च, मित्र गृह तथा कुण्डलीमा ३, ६, ११ भावमा हुनेहरूका लागि भने शनिले राम्रो तथा परिणाममुखी फल दिनेछ । मङ्सिर १९ गतेबाट राहु र केतु अशुभ रहनाले आउनै लागेको धन सम्पत्ति हात पर्न गाह्रो हुनेछ । तल्लो पेट तथा मलद्वारमा समस्या आउन सक्छ । औषधोपचार खर्च बढ्नेछ । घर छोडी देश–विदेशको यात्रा हुनेछ । अपमान, दण्ड तथा जरिवाना सहनुपर्नेछ । प्रतिस्पर्धी तथा शत्रुहरू हाबी हुनेछन् । काममा वा व्यवसायमा विघ्नबाधा आउने तथा शत्रुहरूले सताउन सक्छन् । आँखामा कष्टको अधिक सम्भावना रहेको छ ।
तर पनि अधिकांश समय वृहस्पति शुभ रहने र मङ्सिर १८ गतेसम्म राहु र केतुको शुभ प्रभावले घर–जग्गा तथा सवारी साधनको कारोबार तथा खरिद–बिक्रीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि, पशुपालन व्यवसायलाई समयसापेक्ष आधुनिकीकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीलाई दोब्बर पार्न सकिनेछ । पढाइलेखाइमा भनेजस्तो नतिजा हात लाग्नेछ भने खोज–अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा निकाल्न सकिनेछ । प्रेम प्रसङ्गमा प्रेमका कोपिलाहरू फक्रनेछन् भने प्रेम सम्बन्धलाई दाम्पत्य सम्बन्धमा रूपान्तरण गर्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्र वा शेयर बजारबाट आंशिक लाभ मिल्नेछ ।
वैशाख २९ गतेबाट असार ६ गतेसम्म राशि स्वामी मङ्गलले केन्द्रमा गोचर गरी ’रुचक’ नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले आरोग्य तथा धनधान्य प्राप्त हुनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोतको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । घर–जग्गा तथा भौतिक सम्पत्ति जोड्न सकिनेछ । सुरक्षा क्षेत्रसँग सम्बन्धित जागिरमा नियुक्ति तथा बढुवा हुने योग रहेको छ ।
प्रतिकूल ग्रहको नकारात्मक प्रभावबाट बच्नका लागि समयमा नै ग्रहशान्ति गर्नुहोला । शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा तथा आराधना गर्नाले शनि दोष शान्त हुनेछ । राहु–केतुका लागि बटुक भैरवको पूजा तथा दर्शन र छिन्नमस्ता भगवतीको पूजा गर्नाले लाभ मिल्नेछ । आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन महिना शुभ रहनेछन् ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
वृष राशि हुने व्यक्तिहरूका लागि यो वर्ष वृहस्पति र शनि शुभ रहनाले परिस्थिति अनुकूल बन्ने तथा भाग्यले साथ दिनेछ । वर्षभरि नै धन भाव, पराक्रम भाव, र सुख भावमा गोचर गर्ने बृहस्पतिको अनुकूल प्रभावले सामाजिक पद–प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार–व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । स्कुल, कलेज, बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । प्रशासन, शिक्षण, मेडिकल, केमिकल, पत्रकारिता, होटल म्यानेजमेन्ट, भाषा अनुवादक, कम्प्युटर सफ्टवेयर, हार्डवेयर तथा राज्यमा मन्त्री जस्ता पदमा रही राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । माया–प्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । धार्मिक यात्रा हुनेछ भने परोपकारजन्य काममा सहभागी भइनेछ । उपहार तथा चिट्ठा प्राप्तिको योग रहेको छ । इच्छित चाहना तथा मनोकामनाहरू पूरा हुनेछन् ।
लाभ भावमा वर्षभरि नै शनिको गोचर र वर्षको उत्तराद्र्धमा राहु–केतुको शुभ गोचरका कारण पैतृक धनसम्पत्ति तथा प्राकृतिक स्रोतसाधनको प्रयोगले आयस्रोत बलियो हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुति देखाउन देश–विदेशको यात्रा गर्न सकिनेछ । सरकारी नोकरीमा प्रवेश, पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने लामो समयदेखिको विवाद अन्त्य हुनेछ । कम्प्युटर पाट्र्स, इलेक्ट्रिक सामान, इन्जिन, हार्डवेयर, फ्याक्ट्री, फार्मेसी तथा उत्पादनमुखी व्यवसाय विगतभन्दा फस्टाएर जानेछ । ब्रोकरसम्बन्धी काम गर्नेहरूले यो वर्ष प्रशस्त धन तथा सम्पत्ति कमाउने योग रहेको छ । वैदेशिक व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । गीत–सङ्गीतमा विशेष रुचि हुनेछ भने फिल्म, मोडलिङ, फेसन डिजाइनिङ, ग्ल्यामरस जस्ता क्षेत्रमा प्रगति गर्ने तथा विलासी जीवन व्यतीत गर्न सकिनेछ ।
तर पनि मङ्सिर १८ सम्म राहु र केतुको अशुभ गोचरका कारण पापकर्ममा मन जाने तथा स्वास्थ्यसम्बन्धी समस्या बढ्नेछ । शरीरमा रोग, मन अशान्त, डर, कष्ट, आफन्तसँग असमझदारी, धनहानि, अभाव जस्ता प्रतिकूल प्रभावको सामना गर्नुपर्ने हुन सक्छ । गलत चिन्तन र प्रेमभावमा विकृति आउनाले प्रतिष्ठामा दाग लाग्न सक्छ । पिता–पुत्रमा व्यावहारिक प्रतिस्पर्धा हुन सक्छ । केतुको प्रभावले प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखा पर्न सक्छ ।
वैशाख ७ गतेबाट वैशाख ३० गतेसम्म शुक्रले केन्द्रमा गोचर गरी ’मालव्य’ नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले मेहनतले घर–जग्गा वा स्थिर सम्पत्ति जोड्न सकिनेछ । टाढिएका सन्तानहरूसँग भेट हुने तथा माता र मातृभूमिप्रति श्रद्धा बढ्नेछ । गीत–सङ्गीत तथा मोडलिङ क्षेत्रमा काम गर्नेहरूका लागि समय फलदायी रहनेछ । आईटी तथा इन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ ।
आर्थिक दृष्टिले साउन, कात्तिक, फागुन र चैत महिनामा विशेष लाभ हुनेछ । राहु–केतुको अशुभ प्रभाव शान्तिको लागि बटुक भैरवको पूजा तथा दर्शन र छिन्नमस्ता भगवतीको पूजा गर्नाले लाभ मिल्नेछ ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
मिथुन राशि भएकाहरूका लागि वर्ष २०८३ मध्यम फलदायी रहनेछ । वर्षभरि नै बृहस्पतिको गोचर शुभ रहनाले राजनीति तथा सामाजिक क्षेत्रमा जनताको गतिलो समर्थन प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । निर्णायक तहमा बसेर गरिने निर्णयहरू समाज तथा जनताको पक्षमा हुनेछन् । जग्गा तथा घरको खरिद–बिक्रीबाट प्रशस्त नाफा कमाउन सकिनेछ । माया–प्रेममा फक्रन लागेका कोपिलाहरूलाई विवाहमा परिणत गरी घरजम गर्न सकिनेछ । घर–परिवारमा आफन्त तथा कुटुम्ब सबैको सहयोग तथा समर्थन पाइने हुनाले मन प्रसन्न रहनेछ । बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । शिक्षा क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र र शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । मङ्सिर १८ सम्म राहु र केतुको शुभ गोचरका कारण दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार आउनुका साथै छोटो दुरीको यात्राको अधिक सम्भावना रहेको छ । बसाइँसराइ तथा लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ ।
वर्षभरि नै राज्य भावमा गोचर गर्ने शनि र मङ्सिर १९ बाट राहु र केतुको प्रतिकूल प्रभावले विभिन्न अवसर आए पनि आफ्नै कमजोरीले पछि परिनेछ । न्यायालयबाट हुने न्याय सम्पादनमा तपाईँको विपक्षमा फैसला हुन सक्छ । लामो दुरीको यात्रा हुने तथा गन्तव्यमा पुगिसकेपछि परिस्थिति असहज बन्नेछ । मनमा पापीय मनोवृत्ति बढ्ने तथा अरूकै उक्साहटमा नराम्रो काम गर्दा सरकारी पक्षलाई दण्ड वा जरिवाना तिर्नुपर्ने हुन सक्छ । दाजुभाइसँग स्थायी सम्पत्तिमा विवाद हुने तथा सम्पत्ति बाँडफाँडका लागि अदालतको सहारा लिनुपर्ने हुन सक्छ । नोकरी वा व्यवसाय परिवर्तन हुने तथा परिवर्तित नोकरी वा व्यवसायबाट भनेजस्तो लाभ हुने छैन । साझेदारी व्यवसायमा साझेदारहरूबीच नै सैद्धान्तिक राय बाझिनेछ । जन्डिस, सुगर, मोटोपन, पत्थरी तथा मिर्गौला जस्ता रोगबाट पीडित हुनेहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।
जेठ १६ गतेबाट असार ११ गतेसम्म र भदौ २२ गतेबाट असोज ९ सम्म बुधले केन्द्रमा बसेर ’भद्र’ नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार–वाणिज्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । साहित्य क्षेत्रमा बाँकी रहेका कामहरूलाई तीव्रता दिन सकिनेछ । इन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाइनिङ, स्टक एक्सचेन्ज, चार्टर्ड एकाउन्टेन्ट, वाणिज्य, व्यापार, हास्य–व्यङ्ग्य, चलचित्र क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सकिनेछ ।
शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा तथा आराधना गर्नाले शनि दोष शान्त हुनेछ । राहु–केतुको शान्तिका लागि बटुक भैरवको पूजा तथा दर्शन र छिन्नमस्ता भगवतीको पूजा गर्नाले लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असार, कात्तिक, मङ्सिर तथा चैत महिना लाभदायक रहेका छन् ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
कर्कट राशि हुनेहरूका लागि वर्ष २०८३ मध्यम फलदायी वर्ष रहनेछ । जेठ १८ गतेसम्म खर्च भावमा बृहस्पतिको गोचर प्रतिकूल रहनेछ । आर्थिक क्रियाकलापमा मन्दी आउनेछ भने काममा अवरोध, तीव्र आलोचना र परिवारमा मतभेद रहनेछ । स्वास्थ्यमा समस्या आई औषधोपचार खर्च बढेर जानेछ । वर्षभरि नै शनिको प्रतिकूल प्रभावले सवारी साधनको प्रयोगमा ख्याल नगरे अप्रिय घटना नघट्ला भन्न सकिन्न । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्नेछ । धर्म परिवर्तन वा धार्मिक कार्यबाट पछि हट्नुपर्ने बाध्यता आउन सक्छ । आफन्त तथा दाजुभाइसँग सैद्धान्तिक राय बाझिनेछ । मुद्दामामिला तथा विवादमा सहभागी भए हारिने सम्भावना रहेको छ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छन् । साझेदारी व्यवसायमा साझेदारहरूबीच नै सैद्धान्तिक राय बाझिनेछ भने भौतिक सम्पत्तिको छिनोफानो गर्न अदालतको सहारा लिनुपर्नेछ । लामो दुरीको कष्टकर यात्रा हुन सक्छ, ध्यान दिनुहोला ।
तर पनि जेठ १९ गतेबाट बृहस्पतिको शुभ गोचरका कारण इन्जिनियरिङ, दुग्ध पदार्थ, शोध, लेखन, कला तथा साहित्य, मनोरञ्जन, हास्य विधा, अध्ययन–अध्यापन, योग–ध्यान, अध्यात्म जस्ता क्षेत्रमा काम गर्नेहरूका लागि समय राम्रो रहेको छ । प्रेम सम्बन्धहरू विवाह बन्धनमा बाँधिने गतिलो योग रहेको छ । स्कुल, कलेज, कन्सल्टेन्सी, फार्मेसी, अस्पताल, ट्राभल एजेन्सी, तरल पदार्थ, हाइड्रोपावर, अनलाइन व्यापार, प्राकृतिक स्रोतसाधनको व्यापार–व्यवसायमा समय लगानी गर्नेहरूले नाफा कमाउन सक्नेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । उपहार तथा चिट्ठा प्राप्तिको योग रहेको छ । इच्छित चाहना तथा मनोकामनाहरू पूरा हुनेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तान सुख पाइनेछ । केतुको गोचर वर्षभरि नै शुभ रहनाले मानसम्मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तानको भाग्यमा अचानक वृद्धि हुने तथा धनसम्पत्तिमा बढोत्तरीको योग रहेको छ ।
व्यापार र कष्ट भावमा गोचर गर्ने राहुले व्यापारबाट उल्लेख्य लाभ गराउनेछ । राज्यबाट धन लाभ हुने तथा सुखद यात्राको तय हुनेछ । तर पनि मङ्सिर १८ गतेसम्म कष्ट भावमा राहुको अशुभ गोचरका कारण जेलनेलको यात्रा तथा गम्भीर रोगको सामना गर्नुपर्ने हुन सक्छ ।
शनिको नकारात्मक प्रभावबाट बच्नका लागि महाँकाल तथा काली भगवतीको पूजा–आराधना गरी पीपलमा जल चढाउँदा फाइदा हुनेछ । वर्षभरि राहु तथा केतुको नकारात्मक फलबाट बच्न राहु–केतुको मन्त्र जप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले वैशाख, जेठ, असोज र पुस महिना अधिक शुभ फलदायी रहनेछन् ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
सिंह राशि हुने व्यक्तिहरूका लागि वर्ष २०८३ सामान्य फलदायी वर्ष रहनेछ । वर्षभरि नै शनिको अढैया दशाको प्रभावले स्वास्थ्यमा समस्या आई औषधोपचार खर्च बढ्नेछ भने घरमा आफन्त तथा अग्रजहरूसँग विवाद बढ्नेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा नहुन सक्छन् । घर छोडेर टाढाको कष्टकर यात्रा हुनेछ । राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ । खराब व्यक्तिको सङ्गतले मान तथा प्रतिष्ठामा आँच आउने तथा विभिन्न किसिमका समस्याहरूको सामना गर्नुपर्नेछ । तर पनि जन्म कुण्डलीमा शनि उच्च, स्वगृह, मित्र गृह तथा ३, ६, ११ भावमा भए शुभ फल प्राप्त हुनेछ । जेठ १९ गतेबाट कात्तिक १२ सम्म र वर्षको उत्तराद्र्धमा खर्च भावमा गोचर गर्ने बृहस्पतिले दीर्घकालीन रोगले सताउन सक्छ, ध्यान दिनुहोला । मोटोपन, कोलेस्ट्रोल, कलेजोका बिरामीहरूले विशेष ख्याल गर्नुपर्नेछ । पुराना तथा नयाँ कामहरू बीचमा छोड्नुपर्दा आर्थिक अभाव बढ्नेछ । व्यापारमा घाटा, घरजग्गा कारोबारमा मन्दीको सामना गर्नुपर्नेछ । नोकरीमा अपजस तथा आर्थिक अपचलनको मुद्दा लाग्ने वा दुर्गम स्थानमा स्थानान्तरण हुने प्रबल सम्भावना रहेको छ । त्यस्तै मङ्सिर १९ गतेबाट खर्च भावमा केतु र रोग भावमा राहुको अशुभ गोचरका कारण फजुल खर्च बढ्ने, आँखामा कष्ट हुने तथा दीर्घ रोग लाग्नेछ । मनोरञ्जन तथा सुखको नाश, मनमा अत्यधिक अशान्ति र मातृभूमिबाट टाढा जानुपर्ने बाध्यता आउनेछ । जन्म तथा मृत्यु जस्ता शाश्वत सत्यलाई स्वीकार्नुको विकल्प हुनेछैन । सवारी साधन वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला, अप्रिय घटना नहोला भन्न सकिन्न ।
तर पनि जेठ १९ सम्म, कात्तिक १२ देखि माघ १२ सम्म बृहस्पतिको शुभ गोचरका कारण सामाजिक पद–प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार–व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । स्कुल, कलेज, शेयर बजार र बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । विद्यार्थी वर्गले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ भने अध्ययन तथा कामको सिलसिलामा देश–विदेशको यात्रा हुनेछ । माया–प्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । प्राकृतिक स्रोतसाधनको प्रयोगमार्फत प्रशस्त रुपैयाँ–पैसा कमाउन सकिनेछ भने उपहार तथा चिट्ठा प्राप्तिको योग रहेको छ । इच्छित चाहना तथा मनोकामनाहरू पूरा हुनेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तान सुख पाइनेछ ।
बृहस्पतिको नकारात्मक प्रभाव कम गर्न बङ्गलामुखी देवीको पूजा र शिवजीको दर्शन गर्नुहोला । शनिको नकारात्मक प्रभावबाट बच्नका लागि महाकाल तथा काली भगवतीको पूजा–आराधना गरी पीपलमा जल चढाउँदा फाइदा हुनेछ । राहु तथा केतुको नकारात्मक फलबाट बच्न राहु–केतुको मन्त्र जप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले जेठ, असार, कात्तिक र माघ महिना उपलब्धिमूलक रहनेछन् ।
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि हुनेहरूका लागि वर्ष २०८३ अधिकांश समय शुभ रहनेछ । बृहस्पति शुभ रहने र मङ्सिर १९ पछि लाभ भावमा केतु र सन्तान भावमा राहुको अनुकूल प्रभावले भाग्य तथा आयमा वृद्धि हुनेछ । ब्रोकरसम्बन्धी कामबाट लाभ लिन सकिनेछ । सामाजिक पद–प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार–व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । स्कुल, कलेज, शेयर बजार र बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । विद्यार्थी वर्गले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ भने अध्ययन तथा कामको सिलसिलामा देश–विदेशको यात्रा हुनेछ । माया–प्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । प्राकृतिक स्रोतसाधनको प्रयोगमार्फत प्रशस्त रुपैयाँ–पैसा कमाउन सकिनेछ भने उपहार तथा चिट्ठा प्राप्तिको योग रहेको छ । इच्छित चाहना तथा मनोकामनाहरू पूरा हुनेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तान सुख पाइनेछ । साहित्य लेखनमा बाँकी रहेका कामहरू सकाएर प्रकाशित गर्न सकिनेछ । हास्यव्यङ्ग्य क्षेत्रमा दर्शकको मन जित्न सकिने तथा चलचित्र क्षेत्रमा स्थापित भई नाम र दाम दुवै कमाउन सकिनेछ ।
व्यापार भावमा शनिको गोचरका कारण मिश्रित फल प्राप्त हुनेछ । भौतिक स्रोतसाधनको प्रयोगमार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरू जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टामार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । विदेशी भाषा तथा विदेशी संस्कार–संस्कृतिको अनुसरण गर्नेहरूका लागि समय उत्तम रहेको छ । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि पाउने तथा प्रशस्त धन आर्जन गर्नेछन् । सामाजिक मर्यादा तथा नीतिनियमको पालना गरी काम गर्ने अवसर प्राप्त हुनेछ । तर पनि दाम्पत्य भावमा शनिको गोचरले पति–पत्नीबीच विचारमा बेमेल तथा मनमुटाब बढाउनेछ । मङ्सिर १८ सम्म राहु र केतुको अशुभ प्रभावले दीर्घ रोग लाग्ने, मामा तथा मावली पक्षसँग मनमुटाब, मान तथा धनको हानि र स्वास्थ्यसम्बन्धी समस्या आई औषधोपचार खर्च बढ्नेछ । जन्मघर छोडी रोजगारीको सवालमा टाढाको यात्रा हुनेछ । मन विचलित तथा अशान्त हुनेछ ।
जेठ १६ गतेबाट असार ११ गतेसम्म र भदौ २२ गतेबाट असोज ९ सम्म बुधले केन्द्रमा बसेर ’भद्र’ नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले राजनीति तथा सामाजिक क्षेत्रमा पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार–वाणिज्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । साहित्य क्षेत्रमा बाँकी रहेका कामहरूलाई तीव्रता दिन सकिनेछ । स्टक एक्सचेन्ज, चार्टर्ड एकाउन्टेन्ट, वाणिज्य, व्यापार, हास्यव्यङ्ग्य, चलचित्र क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सकिनेछ ।
शनिको नकारात्मक प्रभावबाट बच्नका लागि महाकाल तथा काली भगवतीको पूजा–आराधना गरी पीपलमा जल चढाउँदा फाइदा हुनेछ । राहु तथा केतुको नकारात्मक फलबाट बच्न राहु–केतुको मन्त्र जप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असार, साउन, मङ्सिर र फागुन महिना लाभदायक रहनेछन् ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
तुला राशि हुने व्यक्तिहरूका लागि वर्ष २०८३ फलदायी वर्ष रहनेछ । शनि र बृहस्पतिको शुभ प्रभावले वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि पाउने तथा प्रशस्त धन आर्जन गर्नेछन् । नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ । बैंक तथा वित्तीय क्षेत्र, शिक्षा क्षेत्र, लेखा तथा राजस्वको क्षेत्रमा नियुक्ति तथा बढुवा हुने योग रहेको छ । नयाँ उद्योग तथा व्यवसाय सुरु गरी आर्थिक लाभ लिन सकिनेछ । ठेक्कापट्टा तथा कन्स्ट्रक्सनको क्षेत्रमा समय दिनेहरूका लागि यो वर्ष फलदायी रहनेछ । विद्युत् प्राधिकरण, न्यायालय, आयल निगम, आईटी तथा इन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ । सामाजिक मर्यादा तथा नीतिनियमको पालना गरी काम गर्ने अवसर प्राप्त हुनेछ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । मन मिल्ने प्रेमपात्र पाइनाले अविवाहितहरूको लगनगाँठो कसिने बलियो सम्भावना छ । साहित्य, गीत–सङ्गीत, मोडलिङ पेसा–व्यवसायमा चासो बढ्नेछ । विशेषतः फिल्म, नृत्य, लेखन क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सकिनेछ । कूटनीति, परराष्ट्र, राजनीति, राजदूत वा यस्तै कार्यमा यो वर्ष स्थापित भइनेछ ।
मङ्सिर १८ सम्म लाभ भावमा केतु र सन्तान भावमा राहुको शुभ प्रभावले प्राकृतिक स्रोतसाधनको प्रयोग तथा पैतृक धनसम्पत्तिको प्रयोगबाट आयआर्जनलाई बढाउन सकिनेछ । भाग्यले साथ दिने हुनाले जग्गा, शेयर बजार तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यक्ति वा ब्रोकरहरूको धनमा अचानक वृद्धि हुनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । संवैधानिक अङ्ग तथा राज्यको माथिल्लो पदमा नियुक्ति पाइनेछ । मौसम अनुकूल भइदिनाले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी लाभ लिन सकिनेछ ।
मङ्सिर १९ गतेबाट सुख भावमा राहु र राज्य भावमा केतुको गोचर अशुभ रहनेछ । पारिवारिक सुखमा कमी आउनेछ । विद्रोही स्वभावका कारण राज्य वा व्यक्तिको नजर तपाईँमा पर्नेछ । चाहँदाचाहँदै पनि मातापिताको माया र साथ छोडी यात्रा गर्नुपर्नेछ । राहु तथा केतुको नकारात्मक फलबाट बच्न राहु–केतुको मन्त्र जप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक वा सामाजिक दृष्टिकोणले साउन, भदौ, पुस र चैत महिना शुभ रहेका छन् ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
वृश्चिक राशि हुने व्यक्तिहरूका लागि वर्ष २०८३ मध्यम फलदायी वर्ष रहनेछ । जेठ १८ सम्म कष्ट भावमा गोचर गर्ने बृहस्पति र मङ्सिर १८ सम्म सुख भावमा राहु र कर्म भावमा केतुको अशुभ गोचरका कारण दीर्घकालीन रोगले सताउन सक्छ, ध्यान दिनुहोला । मोटोपन, कोलेस्ट्रोल, कलेजोका बिरामीहरूले विशेष ख्याल गर्नुपर्नेछ । घरजग्गामा विवाद वा रियलस्टेटसम्बन्धी काममा घाटा लाग्नेछ । जनताको आलोचनात्मक समर्थन रहनेछ । नोकरीमा अपजस तथा आर्थिक अपचलनको मुद्दा लाग्ने वा दुर्गम स्थानमा स्थानान्तरण हुने प्रबल सम्भावना रहेको छ । सन्तान भावमा शनिको गोचरले छोराछोरीसँग शत्रुता बढ्नेछ । सन्तान, आमा तथा आफन्तको स्वास्थ्यमा गम्भीर समस्या देखा पर्नेछ । आर्थिक रूपमा सबल हुने योजनाहरू बने पनि कार्यान्वयनको चरणमा लैजान मुस्किल रहेको छ । कृषि, पशुपालन व्यवसाय खस्केर जानेछ । पुराना तथा नयाँ कामहरू बीचमा छोड्नुपर्दा आर्थिक अभाव बढ्नेछ ।
तर पनि जेठ १९ गतेपछि भाग्य तथा कर्म भावमा गोचर गर्ने शुभ बृहस्पतिको अनुकूल प्रभावले अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ । मन मिल्ने प्रेमपात्र पाइनाले अविवाहितहरूको लगनगाँठो कसिने बलियो सम्भावना छ । विशेषगरी पर्यटन, यात्रा, स्कुल, कलेज, शेयर बजार, बैंक तथा वित्तीय जस्ता क्षेत्रमा लगानी बढाई मनग्गे आम्दानी गर्न सकिनेछ । कूटनीति, परराष्ट्र, राजनीति, राजदूत वा यस्तै कार्यमा आफूलाई अब्बल साबित गर्ने समय पनि रहेको छ ।
मङ्सिर १९ गतेबाट पराक्रम भावमा राहु र भाग्य भावमा केतुको गोचर शुभ रहने हुनाले अकस्मात् भाग्य वृद्धि हुनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले मानसम्मानमा वृद्धि हुने तथा साथीभाइ तथा आफन्तबाट आर्थिक क्षेत्रमा सहयोग मिल्नेछ । ऋण, रोग तथा शत्रुसँग लड्ने क्षमतामा वृद्धि हुनेछ । प्रविधिको प्रयोग गरी आफ्नो पेसा–व्यवसायलाई स्थापित गर्न सकिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने योग रहेको छ । परराष्ट्र वा कूटनीतिको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हात पार्न सकिनेछ । वर्षभरि नै छोटो दुरीको रमाइलो यात्रा भइरहनेछ ।
वैशाख ७ गतेबाट वैशाख ३० गतेसम्म शुक्रले केन्द्रमा गोचर गरी ’मालव्य’ नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले मेहनतले घर–जग्गा वा स्थिर सम्पत्ति जोड्न सकिनेछ । टाढिएका सन्तानहरूसँग भेट हुने तथा माता र मातृभूमिप्रति श्रद्धा बढ्नेछ । गीत–सङ्गीत तथा मोडलिङ क्षेत्रमा काम गर्नेहरूका लागि समय फलदायी रहनेछ । आईटी तथा इन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ ।
प्रतिकूल ग्रहको नकारात्मक प्रभावबाट बच्नका लागि समयमा नै ग्रहशान्ति गर्नुहोला । शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा तथा आराधना गर्नाले शनि दोष शान्त हुनेछ । राहु–केतुको शान्तिका लागि बटुक भैरवको पूजा तथा दर्शन र छिन्नमस्ता भगवतीको पूजा गर्नाले लाभ मिल्नेछ । आर्थिक वा सामाजिक दृष्टिकोणले साउन, भदौ, पुस र चैत महिना शुभ रहेका छन् ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
धनु राशि हुनेहरूका लागि वर्ष २०८३ सामान्य फलदायी वर्ष रहनेछ । वर्षभरि नै शनिको अढैया दशाको प्रभावले झुटा आरोपहरू लाग्ने, कार्यमा ढिलासुस्ती, मानसम्मान तथा इज्जत–प्रतिष्ठामा आघात पुग्ने, मानसिक चिन्ता तथा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्ने र आर्थिक स्थिति कमजोर हुनेछ । स्थानान्तरणको अधिक सम्भावना रहेको छ भने जन्मथलो छोडेर लामो दुरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । आम्दानीमा कमी हुने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रवाह गर्नेहरूले अनावश्यक दुःख दिनेछन् भने राज्यको मेकानिजमभित्र बसेर काम गर्दै हुनुहुन्छ भने आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ, ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आउने तथा औषधोपचार खर्च बढ्नेछ । मोटोपन, कोलेस्ट्रोल, जन्डिस, फोक्सो तथा मुटु रोगीहरूले आफ्नो स्वास्थ्यको ध्यान दिनुहोला । तर जन्म कुण्डलीमा शनि उच्च, स्वगृह तथा ३, ६, ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुनेछ ।
जेठ २० गतेबाट कात्तिक १२ सम्म र माघ १२ देखि वर्षभरि नै कष्ट भावमा गोचर गर्ने बृहस्पति र मङ्सिर १९ बाट धन भावमा राहु र कष्ट भावमा केतुको गोचर अशुभ हुनाले यसको प्रभावले दीर्घ रोगले सताउन सक्छ । मोटोपन, कोलेस्ट्रोल, कलेजोका बिरामीहरूले विशेष ख्याल गर्नुपर्नेछ । अध्ययनमा समय दिन नसकिने वा बाधा हुनेछ । पुराना तथा नयाँ कामहरू बीचमा छोड्नुपर्दा आर्थिक अभाव बढ्नेछ । व्यापारमा घाटा, घरजग्गा कारोबारमा मन्दीको सामना गर्नुपर्नेछ । नोकरीमा अपजस तथा आर्थिक अपचलनको मुद्दा लाग्ने वा दुर्गम स्थानमा स्थानान्तरण हुने प्रबल सम्भावना रहेको छ । घर–परिवारमा द्वन्द्व, झुटा आरोप, पशुधनमा हानि, अर्थहानि जस्ता विषम परिस्थितिसँग जुध्नुपर्नेछ । अन्याय तथा नीतिनियमको गलत प्रयोग गरी काम गर्दा समेत आफन्तहरूले असहयोग गर्नाले एक्लो महसुस हुनेछ ।
तर पनि मङ्सिर १८ सम्म पराक्रम भावमा राहु र भाग्य भावमा केतुको गोचर शुभ रहनेछ । सरकारी तथा संवैधानिक क्षेत्रमा बसेर राम्रा काम गर्न सकिने हुनाले मानसम्मानमा वृद्धि हुनेछ । ऋण, रोग तथा शत्रुसँग लड्ने क्षमतामा वृद्धि हुनेछ । अध्ययन वा रोजगारीको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । प्रविधिको प्रयोग गरी आफ्नो पेसा–व्यवसायलाई स्थापित गर्न सकिनेछ । धर्मकर्म, तीर्थाटन तथा कल्याणकारी काममा मन जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने योग रहेको छ । परराष्ट्र वा कूटनीतिको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हात पार्न सकिनेछ । वर्षभरि नै छोटो दुरीको रमाइलो यात्रा भइरहनेछ ।
जेठ १६ गतेबाट असार ११ गतेसम्म र भदौ २२ गतेबाट असोज ९ सम्म बुधले केन्द्रमा बसेर ’भद्र’ नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार–वाणिज्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
विधिपूर्वक बृहस्पतिको शान्तिका लागि माता बङ्गलामुखीको पूजा, आराधना तथा दर्शन र शनिका लागि महाकाल मन्दिरको दर्शन तथा मन्त्र जप र पीपलमा जल चढाउनाले लाभ मिल्नेछ । राहु तथा केतुको नकारात्मक फलबाट बच्न राहु–केतुको मन्त्र जप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असोज, कात्तिक, जेठ र फागुन महिना उत्तम रहेका छन् ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
मकर राशि हुनेहरूका लागि वर्ष २०८३ शुभ फलदायी वर्ष रहनेछ । वर्षको अधिकांश समय पराक्रम भावमा गोचर गर्ने शनिले भौतिक स्रोतसाधनको प्रयोगमार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरू जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा, गाडी तथा इन्जिनसम्बन्धी कामबाट आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी जागिरमा नियुक्ति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । टेक्निकल वा आईटीसँग सम्बन्धित काम वा शिक्षाबाट लाभ लिन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धवबाट भरपूर सहयोग पाइने तथा स्त्री वर्गबाट सहयोग पाइनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू सम्पादन हुने र मुद्दा आफ्नो पक्षमा फैसला हुनेछ ।
वर्षको अधिकांश समय देवगुरु बृहस्पति, राहु र केतु अनुकूल रहनाले व्यापार–व्यवसाय, शेयर बजार तथा उद्योगमा थप लगानी गर्ने वातावरण बन्नेछ भने प्रशस्त नाफा कमाउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ । माया–प्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । खोज तथा अनुसन्धानको क्षेत्र तथा पढाइलेखाइबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । रमाइलो पारिवारिक यात्राको अधिक सम्भावना रहेको छ भने व्यापार विस्तारको लागि अथवा धार्मिक तथा शिक्षाको लागि देश–विदेशको यात्रा गर्न सकिनेछ । लेखनकला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि वर्ष शुभ रहनेछ । बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । भाग्यले घरजग्गा लगायत स्थायी सम्पत्ति दिलाउन सक्छ ।
भदौ १८ गतेबाट पुस १७ गतेसम्म शुक्रले केन्द्रमा गोचर गरी ’मालव्य’ नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले मेहनतले घर–जग्गा वा स्थिर सम्पत्ति जोड्न सकिनेछ । टाढिएका सन्तानहरूसँग भेट हुने तथा माता र मातृभूमिप्रति श्रद्धा बढ्नेछ । गीत–सङ्गीत तथा मोडलिङ क्षेत्रमा काम गर्नेहरूका लागि समय फलदायी रहनेछ । आईटी तथा इन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ । आर्थिक दृष्टिकोणले असार, कात्तिक, मङ्सिर र चैत महिना उत्तम रहेका छन् ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
कुम्भ राशि हुनेहरूका लागि वर्ष २०८३ सामान्य फलदायी वर्ष रहनेछ । शनिदेवको अन्त्य साढेसातीको प्रभावले अस्वस्थता बढ्ने वा औषधोपचार खर्चमा वृद्धि हुनेछ । धन तथा भौतिक सम्पत्ति हानि र परिवारभित्रकै मानिसबाट झुटा आरोप लाग्नेछ । न्यायसङ्गत काम नगर्दा जेलनेलसम्मको यात्रा हुने ग्रहयोग रहेको छ । आर्थिक मन्दी तथा धनागमनमा ब्रेक लाग्नेछ । प्रविधि तथा सामाजिक सञ्जालमा लेखेको वा बोलेको कुराले विवाद निम्त्याउनेछ । कार्यक्षेत्रमा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । उच्च अधिकारी वा सहकर्मीसँग वैचारिक मतभेद रहनेछ । काममा बाधा, ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्ने हुन सक्छ । सवारी साधनको प्रयोगबाट हुने क्षति बढ्नेछ । नशा तथा ग्यास्ट्रिक रोगको प्रकोप बढ्नेछ । मङ्सिर १९ गतेबाट खर्च भावमा गोचर गर्ने केतु र रोग भावमा गोचर गर्ने राहुको नकारात्मक प्रभावले लामो दुरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । शिर वा आँखामा समस्या आउनेछ । प्रेममा खटपट तथा दाम्पत्य सम्बन्धमा दरार पैदा हुनेछ । लामो समयसम्म चल्ने रोग देखिन सक्छ । गलत सङ्गत, कुलत तथा अमर्यादित काममा सामेल भए दण्ड तथा जरिवाना तिर्नुपर्नेछ ।
तर पनि देवगुरु बृहस्पति अधिकांश समय शुभ रहने हुनाले लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि वर्ष शुभ रहनेछ । स्कुल, कलेज, फार्मेसी, अस्पताल, बैंक तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरूले मनग्गे धन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ । बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । माया–प्रेमका कोपिलाहरू फक्रिनेछन् भने सुयोग्य वर–वधुको लगनगाँठो बाँधिनेछ । सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि पाउने तथा प्रशस्त धन आर्जन गर्नेछन् । सामाजिक मर्यादा तथा नीतिनियमको पालना गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । कृषि तथा चौपाया व्यवसायमा लगानी बढाई प्रशस्त रुपैयाँ–पैसा कमाउन सकिनेछ । विद्यार्थीहरूले पढाइलेखाइमा उत्कृष्ट नतिजा हात पार्न सक्नेछन् भने अध्ययनकै सवालमा विकसित देशको यात्रा गर्न सकिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थाहरूमा काम पाउने प्रशस्त सम्भावना रहेको छ भने अफिसियल यात्रा हुनेछ ।
वैशाख ७ गतेबाट वैशाख ३० गतेसम्म शुक्रले केन्द्रमा गोचर गरी ’मालव्य’ नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले मेहनतले घर–जग्गा वा स्थिर सम्पत्ति जोड्न सकिनेछ । टाढिएका सन्तानहरूसँग भेट हुने तथा माता र मातृभूमिप्रति श्रद्धा बढ्नेछ । गीत–सङ्गीत तथा मोडलिङ क्षेत्रमा काम गर्नेहरूका लागि समय फलदायी रहनेछ । आईटी तथा इन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागि समयले साथ दिनेछ ।
प्रतिकूल ग्रहको नकारात्मक प्रभावबाट बच्नका लागि समयमा नै ग्रहशान्ति गर्नुहोला । शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा तथा आराधना गर्नाले शनि दोष शान्त हुनेछ । राहु–केतुको शान्तिका लागि बटुक भैरवको पूजा तथा दर्शन र छिन्नमस्ता भगवतीको पूजा गर्नाले लाभ मिल्नेछ । आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन महिना शुभ रहनेछन् ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
मीन राशि हुनेहरूका लागि वर्ष २०८३ सङ्घर्षका बाबजुद उपलब्धि हात पार्न सकिनेछ । वर्षको अधिकांश समय बृहस्पतिको अनुकूल प्रभाव रहँदा जीवनमा स्थायित्व र समृद्धिका ढोका खुल्नेछन् । घरजग्गा किनबेच वा विस्तार गर्ने योजना सफल हुने तथा पुख्र्यौली सम्पत्तिमा अधिकार प्राप्त गर्ने सम्भावना बलियो रहनेछ । बौद्धिक तथा वैचारिक क्षेत्रमा सक्रिय भई आफ्ना विचारहरू प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ । राजनीति वा समाजसेवामा सक्रिय रहँदा जनताको विश्वास र साथ प्राप्त गर्न सकिनेछ भने सरकारी तथा प्रशासनिक क्षेत्रमा पनि सम्मानजनक उपस्थिति कायम रहनेछ । प्राकृतिक अनुकूलता र समयले साथ दिने हुनाले कृषि तथा पशुपालन व्यवसायमा आधुनिक तरिकाले काम गर्दा राम्रो आम्दानी गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्धहरू वैवाहिक बन्धनमा परिणत हुनेछन् भने परिवारमा नयाँ सदस्य आगमनको गतिलो योग रहेको छ । लेखन, कला र साहित्यमा रुचि राख्नेहरूका लागि यो वर्ष शुभ रहनेछ । प्राविधिक क्षेत्रमा कार्यरत व्यक्तिहरूले आफ्नो दक्षता प्रमाणित गर्दै स्थायित्व हासिल गर्न सक्नेछन् । धार्मिक आस्था बढ्ने र विभिन्न धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ, साथै लामो दुरीको तीर्थयात्रा हुने योग रहेको छ । मङ्सिर १८ गतेसम्म लाभ भावमा राहुको गोचर शुभ रहने हुनाले सामाजिक कल्याणकारी काम गरी नाम कमाउन सकिनेछ । व्यापार–व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारको लगानीबाट प्रचुर मात्रामा धन कमाउन सकिनेछ ।
वर्षभरि नै शनिको मध्यसाढेसातीको प्रभावले विभिन्न क्षेत्रमा चुनौतीपूर्ण परिस्थिति सिर्जना हुनेछ । विशेषगरी जन्मकुण्डलीमा शनि कमजोर हुने व्यक्तिहरूले सवारी साधन वा भौतिक सम्पत्तिमा क्षति बेहोर्नुपर्ने सम्भावना रहन्छ । नजिकका आफन्त तथा साथीभाइसँग दुरी बढ्दा मनमा एक्लोपन र खिन्नता महसुस हुनेछ । आलोचना वा आरोपहरू खेप्नुपर्ने अवस्था आउने हुनाले आत्मविश्वासमा असर पुर्याउन सक्छ । आफ्नो वा परिवारका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिनुका साथै औषधोपचार खर्च बढ्नेछ । काममा बाधा, गलत आरोप, मानहानि, पारिवारिक वा वैचारिक मतभेद, आर्थिक रूपमा कमजोर भएको महसुस हुनु जस्ता समस्याहरू आउन सक्छन् । घर–परिवारमा वा समाजमा वैचारिक मुद्दा नमिल्दा बसाइँसराइ तथा स्थानान्तरणको योग बन्नेछ । तर पनि जन्म कुण्डली वा चिनामा शनि स्वगृह, उच्च, नीचभङ्ग र ३, ६, ११ भावमा भए शनिको आद्य साढेसातीले अधिक फाइदा दिनेछ । त्यस्तै खर्च भावमा राहुको गोचरले अधिक खर्च बढ्ने तथा कष्टकर यात्रा नहोला भन्न सकिन्न । आँखामा समस्या आउने, ऋण तथा शत्रुको सामना गर्नुपर्नेछ । मङ्सिर १८ सम्म खर्च भावमा राहु र वर्षभरि नै सन्तान तथा रोग भावमा गोचर गर्ने केतुको प्रतिकूल प्रभावले प्रतिस्पर्धामा अग्र स्थानमा आउन बढी नै मेहनत गर्नुपर्नेछ । ऋण लाग्ने तथा रोगको प्रकोप बढ्नेछ । सन्तानसँग मतभेद तथा टाढिनुपर्ने बाध्यता आउनेछ ।
जेठ १६ गतेबाट असार ११ गतेसम्म र भदौ २२ गतेबाट असोज ९ सम्म बुधले केन्द्रमा बसेर ’भद्र’ नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार–वाणिज्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । साहित्य क्षेत्रमा बाँकी रहेका कामहरूलाई तीव्रता दिन सकिनेछ । इन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाइनिङ, स्टक एक्सचेन्ज, चार्टर्ड एकाउन्टेन्ट, वाणिज्य, व्यापार, हास्यव्यङ्ग्य, चलचित्र क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सकिनेछ ।
शनिको साढेसाती तथा नकारात्मक प्रभावबाट बच्न महाकाल, हनुमान र काली भगवतीको दर्शन तथा पूजा गर्नाले र शनिवार पीपलमा जल चढाउनाले शनिदेवको नकारात्मक प्रभावबाट छुटकारा पाउन सकिनेछ । राहु र केतुको शान्तिका लागि बटुक भैरवको दर्शन गर्नुहोला । आर्थिक दृष्टिकोणले जेठ, भदौ, पुस र माघ महिना उत्कृष्ट रहेका छन् ।