सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

२०८३ वैशाख १, ०१:१३ रासस

काठमाडौँः पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएकी छन्।

नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिँदै उहाँले सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी हुन्। 

पूर्वप्रधानमन्त्री कार्कीले बितेका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेकी छन्।  

कमेन्ट लोड गर्नुस