दौर्णकुमार कुँवरको सांसद पदबाट राजीनामा, मन्त्री नपाएपछि असन्तुष्टि
धनगढीः नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सभा सदस्य बनेका दौर्णकुमार कुँवर ले बुधबार पदबाट राजीनामा दिएका छन्। सभामुखलाई सम्बोधन गर्दै उनले सोही दिनदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन्।
पार्टी स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठनमा मन्त्री बन्ने प्रयास सफल नभएपछि उनले असन्तुष्टिमा राजीनामा दिएका हुन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले मन्त्री बनाउन अस्वीकार गरेपछि यस्तो निर्णय आएको बताइएको छ।
२०७९ को निर्वाचनमा बागलुङ–२(ख)बाट निर्वाचित कुँवरले आफ्नो राजीनामापत्रमा मतदाता र पार्टीप्रति आभार व्यक्त गर्दै पूर्ण कार्यकाल पूरा गर्न नसकेकोमा क्षमायाचना गरेका छन्।