सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरपालिकामा वैशाख ११ देखि भर्ना अभियान, १४ गतेदेखि पठनपाठन सुरु

२०८३ वैशाख ३, ०४:४९ जयन्त सिंह भाट

धनगढी: धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा २०८३ सालको भर्ना अभियान वैशाख ११ गतेदेखि सुरु हुने जनाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोमी, भरतपुरको पत्रअनुसार उक्त निर्णय गरिएको हो।

उक्त पत्रअनुसार २०८३ सालको भर्ना अभियान वैशाख ११ गतेदेखि सुरु हुने र वैशाख २४ गतेदेखि नियमित पठनपाठन सुरु हुने जानकारी सबै स्थानीय तहलाई गराइएको छ। भर्ना अभियानको समयमा अध्ययन–अध्यापन कार्यमा अवरोध नहोस्, पाठ्यक्रमअनुसारको वार्षिक कार्ययोजना प्रभावित नहोस् र शिक्षणको गुणस्तर कायम रहोस् भन्ने उद्देश्यसहित सो व्यवस्था गरिएको जनाइएको छ।

धनगढी उपमहानगरपालिकाले विभिन्न सरोकारवालासँग समन्वय गरी वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान र वैशाख २२ गतेदेखि अध्ययन–अध्यापन कार्य सुरु गर्ने निर्णय गरेको जनाएकाे छ।

साथै, २०८३ वैशाख १ गते सम्पन्न नगर शिक्षा समितिको निर्णयअनुसार उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यार्थी भर्ना तथा अध्ययन–अध्यापन कार्य सोही मितिअनुसार अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने पत्रमार्फत जानकारी गराइएको छ।

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस