मृतक शेयर सदस्यका परिवारलाई किसान सहकारीले दियो राहत रकम
धनगढी: किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पथरैया शाखाले मृतक शेयर सदस्य रमदैयादेवी डगौराको परिवारलाई राहत रकम प्रदान गरेको छ।
बुधबार जानकी गाउँपालिका–५ अमौरामा आयोजित कार्यक्रममा मृतकका परिवारलाई राहत स्वरूप २ लाख ३५ हजार राहत रकम हस्तान्तरण गरिएको हो।
कार्यक्रममा संस्थाका जोशीपुर इलाका प्रमुख भरतबहादुर रावलको अध्यक्षता तथा भीमबहादुर चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले डगौराप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहकारी संस्थाले विपत्तिको समयमा सदस्य परिवारलाई गरेको सहयोगको प्रशंसा गरेका थिए।