सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा किशोरको हत्या गरेको आरोपमा २ जना पक्राउ

२०८३ वैशाख ९, ०७:५६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा १८ वर्षीय उज्जल सायरमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा दुई पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–५ कै २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापा रहेको प्रहरीले जनाएको छ। उनीहरुले दाइ नाता पर्ने नरेश खातीको विवाह समारोहमा सहभागी भएका बेला सायरलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते सायरलाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस