कैलालीमा भन्सार छलीका सामानसहित दुई भारतीय नागरिक पक्राउ
धनगढी: कैलालीको कैलारी गाउँपालिका–१ बिसनपुरबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरेर ल्याइएका सामानसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले शुक्रबार अन्दाजी मूल्य रु. २ लाख ८० हजार बराबरका डोरीले बुनेका फलामका खाटिया र भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत, पिलिभित जिल्ला ग्राम उदयपुर फुल्ड पञ्चालय बस्ने २८ वर्षीय शाहदिन शाह र सोही जिल्लाको मधु टाढा बस्ने ३२ वर्षीय राशिद शाह रहेका छन्।
प्रहरीले बरामद सामान र दुवै जनालाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको जनाएको छ।