कैलालीमा भन्सार छलि गरिएका सामान बरामद
कैलाली: कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलि गरी अवैध रूपमा ल्याइएका सामान बरामद गरेको छ।
शनिबार धनगढी उपमहानगरपालिका–२, शारदा स्कुल नजिक र कैलारी गाउँपालिका–३, भितरिय क्षेत्रबाट अन्दाजी १ लाख ३२ हजार रुपैयाँ बराबरका धोती, कुर्ता, साडी, धनियाँलगायतका सामान बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले उक्त सामान बरामद गरी आवश्यक प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिएको हो।
बरामद सामान कसले ल्याएको भन्ने खुलेको छैन भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।