सुदूर नेपाललाई विश्वसँग जोड्दै

धेरैपटक रक्तदान गरिसकेका दीपक उपाध्यायलाई यस वर्षको म्याराथनको “फेस अफ द इभेन्ट”

२०८३ वैशाख १५, ०७:२७ खबर संवाददाता

आगामी वैशाख १८ गते, बुद्ध जयन्तीको अवसर पारेर आयोजना हुन लागेको उक्त हाफ म्याराथनमा यस वर्ष अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि राखिएको छ। प्रतियोगितालाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन पुरस्कार राशि वृद्धि गरिएको जेसीआई धनगढीले जानकारी दिएको छ।

स्वास्थ्य, खेलकुद तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यसहित आयोजना गरिँदै आएको यस म्याराथनमा देशभरबाट धावकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। दीपक उपाध्यायजस्ता सामाजिक अभियन्तालाई फेस अफ द इभेन्टका रूपमा प्रस्तुत गरेर युवाहरूमा सकारात्मक प्रेरणा दिने लक्ष्य पनि भएको कार्यक्रम मुल संयोजक दिपेश बोहराले बताउनु भयो।

यस वर्षको धनगढी हाफ म्याराथनले खेलकुदसँगै सामाजिक उत्तरदायित्व र सचेतनाको सन्देश व्यापक रूपमा फैलाउने विश्वास लिइएको छ।

कमेन्ट लोड गर्नुस