बाजुरामा सुन्तलाको रुखबाट खसेर एक वृद्धको मृत्यु
२०८३ वैशाख १७, ०८:२३
बाजुराः बाजुरामा लडेर एक वृद्धको मृत्यु भएको छ।
जिल्लाको गौमुल गाउँपालिकामा सुन्तलाको रुखबाट खसेर एक वृद्धको मृत्यु भएको हो। जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो। सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका हुुन्। उनी जिल्लाका अग्रणी किसान थिए।
कमेन्ट लोड गर्नुस