सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलि गरिएका २ लाख बढीका विभिन्न सामान बरामद

file photo
file photo
२०८३ वैशाख २०, ११:२७ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलि गरी भारतबाट अवैध रूपमा ल्याइएका विभिन्न उपभोग्य सामग्री बरामद गरेको छ। बेलौरी नगरपालिका–१ खल्ला, वडा नं. २ बैजुडाँडा र वडा नं. ६ भुराकोट क्षेत्रबाट करिब २ लाख १३ हजार २२० रुपैयाँ बराबरका सामानहरू बेवारिसे अवस्थामा फेला पारिएको हो।

बरामद गरिएका सामग्रीमा चिनी, दूध पाउडर, सिरप, सुर्ती, खानेतेल, चियापत्ती, पानीपुरी, पटाका, पेय पदार्थ तथा प्लास्टिक झिल्ली लगायत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका विभिन्न इकाइबाट खटिएको गस्ती टोलीले शनिबार ती सामान फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले सामान ल्याउने व्यक्तिको पहिचानका लागि थप अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस