वैशाख २८ गते संसद् अधिवेशन आह्वान, दिउँसो २ बजे बैठक बस्ने
२०८३ वैशाख २२, ०८:२८
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार उक्त दिन दिउँसो २ बजे संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्नेछ।
संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान गरिएको जनाइएको छ।
कमेन्ट लोड गर्नुस