सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अवैध सामान र बाख्रा बरामद

file photo
file photo
२०८३ वैशाख २७, ०८:४७ खबर संवाददाता

धनगढी: कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भारत–नेपाल र नेपाल–भारत तर्फ अवैध रूपमा भन्सार छलि ल्याइएका सामान र बाख्रा नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट र भजनी नगरपालिका–५ पगियापसारबाट शनिवार प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलि ल्याइएका धोती, सुटपिस, भाँडाकुडा, सिद्रामाछा लगायतका सामानहरू फेला पारेको हो। यी सामानहरूको अनुमानित मूल्य रु. १ लाख २ हजार २ सय रहेको प्रहरीले जनाएको छ। प्रहरीले बेवारिसे अवस्थामा फेला परेका यी सामान आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।

त्यसैगरी, धनगढी उपमहानगरपालिका–१९ फुलबारी घाटबाट नेपालबाट भारत तर्फ भन्सार छलि लैजादै गरेको बाख्रा पनि शनिबार साँझ इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको गस्ती टोलीले फेला पारेको छ। उक्त बाख्राको अनुमानित मूल्य रु. ७० हजार रहेको प्रहरीले जनाएको छ। बाख्रालाई पनि आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिइएको छ।

प्रहरीले अवैध सामान र जनावरको भन्सार छलि ल्याउने गतिविधि नियन्त्रण गर्नका लागि निरन्तर निगरानी गर्ने र सो सम्बन्धमा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस