चोरी मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ
कञ्चनपुरः चोरी मुद्दामा फरार कञ्चनपुरका २ जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ असार २५ गतेको फैसलाले चोरी मुद्दामा ९ महिना कैद सजाय र १५ हजार जरिवाना तोकिएको पुनर्वास नगरपालिका–१० बिकाशबस्ती बस्ने २४ वर्षीय कृष्ण राना र सोही मुद्दमा ३ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएको सोही ठाउँ बस्ने २७ वर्षीय होसियार राना पक्राउ परेका हुन्। रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतवार उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।