सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको दोदा नदीमा डुबेर एक बालकको मृत्यु

२०८३ वैशाख २८, ०७:५३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको दोदा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

पुनर्वास नगरपालिका–९ (ख) गाँउ स्थित दोदा नदीमा नुहाउने क्रममा सोही नगरपालिका–८ (क) गाउँ बस्ने १४ वर्षीय रोहित दौडेको मृत्यु भएको हो। पानीमा डुबेर गम्भिर घाईते भएका बालकलाई उपचारको लागि पुनर्वास टाउन हस्पिटल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस