कञ्चनपुरमा २ जनाको गोठमा आगलागी
कञ्चनपुरः कञ्चनपुरमा २ जनाको गोठमा आगलागी भएको छ।
बेदकोट नगरपालिका–१० चथरी बस्ने गणेश सुनार र सोही ठाउँ बस्ने चक्र सुनारको संगै जोडिएको एक/एक तले कच्चि गोठमा नजिकै खेतमा जलाएको आगो गोठमा सल्किएर आगलागी भएको हो।
आगलागी हुँदा गणेश सुनारको काठ जस्ता पाता लगायतका सामान गरि अन्दाजी २ लाख ५० हजार बराबरको र चक्र सुनारको गोठ भित्र राखेको खाद्यान्न लगायतका सामान गरि अन्दाजी १ लाख ५० हजार बराबरको गरि जम्मा अन्दाजी ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
आइतबार दिउँसो भएको आगलागीमा मानविय तथा चौपाया क्षती नभएको प्रहरीले जनाएको छ। आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको हो।