सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित लिग २ सिरिज आजदेखि

२०८३ वैशाख २९, ०९:१५ खबर संवाददाता

काठमाडौँ:आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक श्रृङ्खला आज मंगलबारदेखि सुरु हुँदैछ।

घरेलु टोली नेपालले स्कटल्याण्डसँग खेल्दै सिरिजको सुरुवात गर्दैछ। नेपाल र स्कटल्याण्डबीचको खेल ९ः३० बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ। यसअघिको घरेलु मैदानमै भएको नेपाल, यूएई र ओमानबीचको श्रृङ्खला नेपालका लागि सुखद रह्यो। नेपालले चारमध्ये तीन खेलमा जित निकाल्यो। पहिलो खेलमै नेपालले यूएईलाई ३७ रनले हरायो।

यस्तै, दोस्रो खेलमा डिएलएस मेथडमा ओमानसँग १०२ रनले स्तब्ध बनेको नेपालले तेस्रो खेलमा यूएईलाई डिएलएस मेथडमा ६ रनले हराउँदा ओमानमाथि ८१ रनको जित निकाल्यो। नेपालको ‘ए’ टीमले अमेरिका र स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक सिरिज क्लीन स्वीप गरेसँगै राष्ट्रिय टीमको मनोबल बढाएको छ। ‘ए’ टीमसँग पराजित भएपछि दुवैको मनोबल खस्केको छ। जसको फाइदा नेपालले उठाउन सक्छ।

घरेलु क्रिकेटमा लगातार उच्चकोटीको प्रदर्शन गरेका डा। ईशान पाण्डेले राष्ट्रिय टीममा ७ वर्षपछि स्थान बनाएका छन्। पाण्डेलाई सन् २०१९ सिंगापुरमा भएको जिम्बाबेविरुद्धको टि २० सिरिजका लागि टीममा समावेश गरिएको थियो, जतिबेला उनी राष्ट्रिय स्तरमै चिनिएका थिएनन्। बसिर अहमदलाई ड्रप गरेर पाण्डेलाई ल्याइएको हो।

नेपाली टोलीमा रोहित पौडेल ९कप्तान०, दीपेन्द्र सिंह ऐरी ९उपकप्तान०, कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन्।

नेपालले गत जुनमा भएको श्रृङ्खलामा स्कटल्याण्डसँगको एक खेल जितेको थियो भने अर्को खेल पराजय भोगेको थियो। सन् २०२४ को अक्टोबर–नोभेम्बरको प्रतिस्पर्धामा १ खेल स्कटल्याण्डसँग निराश बन्दा अर्को खेल रद्द हुँदा दुबैले अङ्क बाँडेका थिए।

यस्तै, नेपालले अमेरिकासँग यसअघि गत अक्टोबर–नोभेम्बरमा भएको प्रतिस्पर्धामा दुबै खेल हारेको थियो भने सन् २०२४ को अक्टोबर नोभेम्बरको दुबै खेलमा पनि नेपाल अमेरिकासँग पराजित भएको थियो।

सन् २०२४ को फेब्रुअरीमा त्रिवि मैदानमै नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले पहिलो खेलमा नामिबियासँग चार विकेटले हार्न पुग्यो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराउन सफल भयो।

तेस्रो खेलमा नामिबियासँग दुई विकेटले पराजित हुँदा चौथो खेलमा नेदरल्याण्ड्सले नेपाललाई आठ विकेटले स्तब्ध पार्यो। यो श्रृङ्खलामा नेपालले मात्र दुई अङ्क जोड्न सक्यो। सन् २०२४ को सेप्टेम्बरमा क्यानडामा भएको चार खेलमा नेपालले कुनै पनि खेल जित्न सकेन। उक्त भ्रमणमा क्यानडाले पहिलो खेलमा नेपालमाथि १०३ रनले तथा अर्को खेलमा पाँच विकेटले हरायो।

ओमानसँगको पहिलो खेलमा नेपाल एक विकेटले पराजित हुँदा अर्को खेल रद्द भएर टुरमा नेपालको खातामा एक अङ्क मात्र रह्यो। सन् २०२४ कै अक्टोबर र नोभेम्बरमा अमेरिकाको डल्लासमा भएको अर्को श्रृङखला पनि नेपालका लागि त्यत्ति सुखद रहेन। नेपालले यो टुरबाट तीन अङ्क बटुल्यो।

स्कटल्याण्डसँगको खेल नतिजावीहिन हुँदा नेपालले त्यसबाट एक अङ्क पायो भने अर्को खेलमा स्कटल्याण्डलाई नै पाँच विकेटले हरायो। अमेरिकाले भने दुबै खेल आफ्नो पक्षमा पार्यो। अमेरिकाले नेपालमाथि पहिलो खेलमा ३७ रन तथा अर्को खेलमा तीन विकेटको जित हात पार्यो।

सन् २०२५ को जुनमा स्कटल्याण्डमा भएको श्रृङ्खला नेपालका लागि सुखद रह्यो। खेलेका चार खेलमा तीन खेल जित्दै नेपालले ६ अङ्क बटुल्यो। नेपालले आयोजक स्कटल्याण्डलाई पहिलो खेलमा एक विकेटले हरायो भने अर्को खेलमा दुई रनले हार्न पुग्यो।

यी दुबै खेलमा अन्तिम बलले जित र हारको निर्णय गरेको थियो। यो टुरमा नेदरल्याण्ड्स दुबै खेलमा नेपालसँग पराजित भयो। पहिलो खेलमा पाँच विकेट र दोस्रो खेलमा १६ रनले नेपाल विजयी भयो। सन् २०२५ को अक्टोबर–नोभेम्बरमा यूएईमा भएको श्रृङ्खला नेपालका लागि निराशाजनक रह्यो। यूएई र अमेरिकासँगका सबै खेल नेपालले हार्न पुग्यो।

यूएईले पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा पाँच विकेटले नेपाललाई हरायो। यस्तै अमेरिकाले पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा १०६ रनले नेपाललाई स्तब्ध पार्यो।

अंकतालिकामा अमेरिका शीर्षस्थानमा छ। २४ खेलमा १८ जित तथा ६ हारको नतिजासहित उसले ३६ अंक जोडेको छ। यस्तै, २८ खेलमा १४ जित र ८ हारको नजितासहित ३४ अंक बटुलेको स्कटल्याण्ड दोस्रो स्थानमा छ। नेपाल भने २४ खेलबाट ८ जित र १४ हारको नतिजाले १८ अंकसहित सातौं स्थानमा छ।

कमेन्ट लोड गर्नुस