हर्क साम्पाङको आरोप : संसदलाई औपचारिकतामा सीमित गर्न खोजियो
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले संसदलाई केवल औपचारिकतामा सीमित गर्न खोजिएको भन्दै आफूहरूले त्यसको विरोध गरेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठक बहिष्कार गरेर बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले संसद मनपरी ढंगले सञ्चालन भइरहेको आरोप लगाए। उनले जनतासँग जोडिएका महत्वपूर्ण प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने धारणा राखे।
नीति तथा कार्यक्रम अध्ययनका लागि पर्याप्त समय नदिइएको भन्दै उनले जबरजस्ती संसद अघि बढाउन खोजिएको आरोप पनि लगाए।
अध्यक्ष साम्पाङले सरकारको कार्यशैलीप्रति अब जनताले नै मूल्याङ्कन गर्ने बताए।